बारा प्रहरीले ज्यान मार्ने उद्योग चालु मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले ज्यान मार्ने उद्योग चालु मुद्दामा बाराको महागढीमाई नगरपालिका वडा नं. ४ सानो मलहनी टोल बस्ने अन्दाजी २५ वर्षीय आयुश भन्ने प्रदिप यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

