होमस्टे सञ्चालनका लागि आवश्यक ब्यवस्थापकीय सामाग्रीहरु वितरण

साझेदारी दैनिक
साझेदारी दैनिक 335 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
डिभिजन बन कार्यालय बाराले होमस्टे सञ्चालनका लागि आवश्यक ब्यवस्थापकीय सामग्रीहरु होमस्टेका सञ्चालकहरुलाई हस्तान्तरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अम्लेखगंज वीरेदमार, चकरी र सिम्रौनगढका लागि आवश्यक ब्यवस्थापकीय सामग्री डिभिजन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले हस्तान्तरण गरेका छन ।

प्रदेश नं. २ वन निर्देशनालयबाट प्राप्त २५ लाख रुपैयाँबाट अमलेखगंजको वीरेदमारमा ५ वटा, चकरीमा ५ वटा र सिम्रौनगढमा ७ वटा होमस्टे सञ्चालनका लागि व्यवस्थापकीय सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यालयले होमस्टेका लागि पलङ्ग, डसना, डोरमेट, वासवेसिन लगायतका समानहरु रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । डिभिजन वन कार्यालय बाराका प्रमुख अहमदले अमलेखगंज र सिम्रौनगढमा होमस्टे सञ्चालनको प्रबल सम्भावना रहेको बताएका छन । उनले होमस्टेको विकास र संरक्षणमा स्थानीय अग्रसरता देखाए पर्यटन भित्रयाउन र आर्थिक अवस्था उकास्न यसले महत्वपुर्ण योग्दान दिने जनाए ।

जिल्ला भित्र धार्मिक तथा पर्यटकिय स्थल घुम्न आउने पर्यटकहरुका लागि बाराको अम्लेखगञ्ज र सिम्रोैनगढमा स्वादिष्ट्र स्थानीय परिकार र व्यवस्थित बसोबास सहित ‘होमस्टे’ सञ्चालनको भएको छ ।

जीतपुरसीमरा उपमहानगरपालिका वडा नं २२ को विरेदमार,चकरीको १० घर र सिम्रौनगढ नगरपालिका वडा नं ६ को ७ घरमा गरी ३ स्थानका १७ घरमा आईतवारदेखि होमस्टे शुरु गरिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review