बारा प्रहरीले चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले चोरी अन्य मुद्दामा अदालतबाट एक महिना १५ दिन कैद र सात हजार पाँच सय रुपैयाँ जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार बस्ने अन्दाजी ४० वर्षीय साहेब नटलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


