बारामा अबैध भारतीय औषधी बरामद

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

बारा प्रहरीले अवैध भारतीय औषधि बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ३ दशगजा स्थित भारतबाट नेपाल तर्फ टाउकोमा बोकी ल्याउदै गरेको बोरा प्रहरीलाई देखी बोरा फाली मानिस फरार भएका थिए ।

उक्त अवैध भारतीय औषधि भएको बोरा बरामद गरेको हो ।

बरामद गरेको औषधि अन्दाजी ५५ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

अबैध भारतीय औषधी नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review