मधेस प्रदेशका चार जिल्लाका तीन सय १० वटा सहकारी संस्थाहरु सम्पर्कबिहीन भएका छन् ।
भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका अनुसार चार जिल्लामा मात्रै रहेका यी सहकारी संस्थाहरु सम्पर्क बिहीन रहेका हुन् ।
धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरु सम्पर्कबिहीन रहेका हुन । बितेको चैत १८ गते मन्त्रालयले प्रदेशमा रहेका आठ मध्ये धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरुलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
तीन सय १० वटा सहकारीहरु सम्पर्कमा आउन भनिएको छ ।यी सहकारीहरुले हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको जनाइएको छ । कुनै कोपोमिस प्रणालीमा आबद्ध नभएको पाइएको छ ।
आबद्ध भएपनि प्रतिबेदन पेश गर्ने लगायतका कार्यहरुमा निष्क्रिय रहेको पाइएको छ । कार्यालयबाट पटक पटक ताकेता गर्दापनि तदारुकता नदेखाएकोले सम्पर्कमा आउन सूचना मार्फत भनिएको छ ।
यी सहकारी संस्थाहरु मध्ये थुप्रै सहकारीहरुको प्रमाणपत्र नै नभेटिएको सूचनामा जनाइएको छ । यी चार जिल्लाका सहकारीहरुमा यस्तो देखिएकोे मन्त्रालयका शाखा अधिकृत सुनिल थापाले जानकारी दिए ।
सूचना जारी गरिएपछि केही सहकारीहरु सम्पर्कमा आउन थालेको उनले जनाए । केहीले कागजपत्रहरु पेश गरेको उनले बताए ।
हालसम्म जिल्ला स्थित डिभिजन सहकारीहरुको विवरण अनुसार मधेस प्रदेशमा आठ सय २२ वटा सहकारी सस्थाहरु रहेकोमा सो मध्ये करिब ६ सय संस्थाहरु कुनन अवस्थामा छन के गर्दैछन भन्ने बिषयमा मन्त्रालयमा जानकारी नरहेकोे थापाले बताए ।
उनले सहकारीलाई नियमन गर्न प्रदेश स्थित भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको बताए ।
प्रदेश सरकारले सहकारी सम्बन्धी नियमावली तयार पारेर सहकारीको नियमनको लागि रजिष्ट्रारको कार्यालय समेत स्थापना गरिसकेको थापाको भनाई छ ।

