मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले बन संरक्षणको क्षेत्रमा प्रदेश सरकारको योजना ल्याउन पहल गर्ने बताएका छन ।
जनहित उपभोक्ता समिति सिमराको १७ औँ वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन समारोहलाई शनिवार सम्बोधन गर्दै यस्तो बताएका हुन । उहाले बनको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको यस क्षेत्रको बन संरक्षण गर्न प्रदेशको योजना ल्याउन आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले बन भित्र निर्माण हुन लागेको बाटो निर्माणले बन र बन्यजन्तुको संरक्षणमा बाधा पुग्ने भएकाले यस बारेमा समेत सचेत हुन आवश्यक रहेको बताए ।
उहाँले बनमा आश्रीत समुदायका लागि सिप मुलक तालिम दिई आर्थिक रुपमा सम्पन्न बनाउन पनि राज्यको ध्यान जान आवश्यक रहेकाले यस कार्यलाई प्रदेश सरकारको सहकार्यमा अगाडी बढाउने योजना ल्याउन सदनमा जोडदार आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गदै पर्सा राष्ट्रिय निकुञ्ज कार्यलय आधाभारका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बनको संरक्षण कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँ बन संरक्षण कार्यलाई सबैको साझा बनाउन बनमा आश्रीत परिवारलाई लक्षित गर्दै सिप सिकाउन समितिलाई निर्देशीत गर्नुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारीले नगर सहयोगमा शुरु भएको बन क्षेत्र संरक्षण तारबार जडान कार्यलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो । जनहित उपभोक्ता समितिले संरक्षणको कार्यको प्रशसा गर्दै अध्यक्षको प्रतिवेदनमा समेटिएको कार्ययोजनाको सफताको कामना समेत गर्नुभयो ।
जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न १७ औँ साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी,जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ का कार्यवाहक.वडा अध्यक्ष माया वि.क,मुसहर्निमाई मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष कुबेर न्यौपाने,जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका सचिव आजिर अंसारी,कोषाअध्यक्ष कमरुल होदा अंसारी,भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका सचिव सुमन थापा मगर लगायतकाले साधारणसभाको सफलतको शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो ।

