कलैयामा टिभीएसको नयाँ मोटरसाइकल “अपाचे–१६० २ भि.बिटि (ब्लुटुथ)“ सार्वजनिक भएको छ ।
कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ बरियारपुर जाने मुख्य सडकमा रहेको करण इन्टरप्राईजेजले आफ्नो सो–रुममा बुधबार एक समारोहबीच नयाँ बाइक सार्वजनिक गरेको हो ।
कलैयामा रहेको टिभिएस मोटरसाइकलका सबै भन्दा पुरानो प्रयोगकर्ता तथा प्रमुख अतिथि विश्वराज उपाध्याय र जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका अधिकृत विक्रेता करण इन्टरप्राईजेजका संचालक पप्पु जैसवालले संयुक्त रुपमा नयाँ मोटरसाइकल अपाचे–१६० २भि.बिटि’ सार्वजनिक गरेका हुन् ।
तीन लाख पाँच हजार नौ सय रुपैयाँ मूल्य तोकिएको उक्त बाइक ओभरअल लुक्स युनिक र डायनामिक रहेको छ ।
टिभिएसले यसलाई ‘बेस्ट माइलेज,स्टाइलिस र कम्फोर्ट’ र ‘सुपरभन्दा एक्स्ट्रा सुपर’ थिममा प्रवद्र्धन गर्ने छ ।
चालकलाई सहज,आत्मविश्वासी र स्टाइलिस अनुभूत गराउने किसिमका विशेषताहरु रहेको करण इन्टरप्राईजेजका संचालक पप्पु जैसवालले जानकारी दिए । डिजिटल स्पिडोमिटरका सथै स्मार्ट कनेक्ट पनि जडान गरिएको छ।
अपाचे–१६० २भि.बिटिमा एलईडि टेल ल्याम्पसमा स्पर्टी लुक्स समेत दिएको छ ।
यस्ता फिचर्सले यो रेन्जको बाइकमा नयाँ अध्यायको सुरुवात भएको दाबी टिभिएसको आधिकारिक बिक्रेता करण इन्टरप्राईजेजले गरेको छ ।
उक्त अपाचे–१६० २भि.बिटिमा न्यू बिएस सिक्स ग्रापिक्स तथा सथै रिफाईन इन्जिनमा लन्च गरिएको छ । त्यसैले यो बाइक निकै कम्फर्टेबल पनि साबित भएको छ ।
टिभिएस मेरो साथी अफर अन्तर्गत ग्राहकहरुले लाईफटाईम वाईरेन्टी,१००% प्रतिशत क्यास ब्याक,स्क्राच गरि १ लाख सम्म जित्ने मौका,सिओर–शट नगद छुटका साथै आकट्राकटिभ भ्याईलुवेशन अन ईकचेम्ज र सजिलै फाईनाइन्स एण्ड लोवेस्ट ईएमआईको पनि व्यवस्था गरिएको करण इन्टरप्राईजेजका संचालक जैसवालले बताए ।
उक्त कार्यक्रममा टिभिएस कम्पनीका शनि गुप्ता,मेकानिक्स वर्कसप कलैयाका अध्यक्ष बजरंगी सरार्फ,शोरुमका कर्मचारी,स्थानीय पिजिएम मानेन्द्र चौधरी र सिएसपीहरु लगायतको उपस्थिति रहेको थियोे ।

