पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहीयाँमा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।
भरतको सिमावर्ती क्षेत्राट फैलिएर आएको आगो सल्किएर भलुवहीयाँमा पनि भीषण आगो लागेको हो ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार आगलागीबाट कुखुरा पाल्ने पोल्टी फार्मसहित पाँच वटा घर र एउटा पोल्ट्री फार्म जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० बिघा भन्दा बढीको गहुँबालीपनि जलेर सखाप भएको प्रहरी निरिक्षक केसीले जनाएका छन ।
उनका अनुसार भारतको भलुवहीयाँ गाँउसंग जोडिएको सीमावर्ती भारतीय गाँउ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठेट्ना)जलाउन एक भारतीय किसानले आगो लगाएको थिए । सोही बेला चलेको हावाहुरीले आगोको लप्का नेपालको भलुवहीयाँ गाँउको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको थियो ।
आगलागीका करण गाँउमा पाँच वटा फुसको घर,एउटा पोल्ट्री फर्म, त्यसमा रहेका ब्रोइलर कुखुराका चल्लाका साथै १० बिघाभन्दा बढी गँहुबाली र १०÷१२ वटा परालको कुन्युपनि जलेर नष्ट भएको पर्सा प्रहरी जानकारी दिएको छ ।
आगलागीले भलुवहीयाँ गाँउका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा भएको आगलागीका काररण घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको पिडित परिवारले जनाएका छन । उनीहरु यतिखेर बिचल्लीमा परेका छन ।
लागेको आगोलाई वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकल सहित स्थानीय मतदाताह मदतमा स्थानीयवासी,नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर नियन्त्रणमा लिएको स्थानीयहरुले बताए।


