Sajhedari Daily
Latest News from Nepal

जगदम्बा उद्योगमा ताल्चा लगाउँन गएका सिमराका स्थानीय र प्रहरीबिच झड्प

रञ्जन यादव /
बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगमा ताल्चा लगाउँन गएका सिमराका स्थानीय र प्रहरीबिच बुधवार झड्प भएको छ ।

झड्पमा परी दर्जनौँ सङख्यामा स्थानीय र प्रहरी घाईते भएका छन् । स्थानीयहरुले ढुंगामुढा गर्दा अवस्था उग्र बनेपछि त्यसलाई नियन्त्रणमा लिनको लागि तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिएका छन।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक श्रेष्ठले उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेको विरोधमा स्थानीयहरु लागे पछि यो अवस्था आएको बताए । यो अवस्था आउनमा उद्योग नै जिम्मेवार रहेको वडाध्यक्ष श्रेष्ठले आरोप छ । उद्योगको गोदाममा जडान गरिएको मेशिनबाट ठूलो आवाज आएपछि ठूलो आवाजको कारणले घरमा बस्न समस्या भएको भन्दै फागुन ११ गते स्थानीयहरुले गोदाममा तालाबन्दी गरेका थिए ।

स्थानीयहरुले अघि सारेको माँगलाई सम्बोधन नै नगरी प्रहरीले चैत्र २ गते गोदामको ताला खोलेपछि स्थानीयहरु आन्दोलित भएका हुुन् ।