गैर पत्रकारलाई बिमा सुचिमा समावेश गरिएको भन्दै महासंघको ध्यानाकर्षण

साझेदारी दैनिक
179 पाठक संख्या

बारा : नेपाल पत्रकार महासंघ बाराद्वारा पत्रकारको गैर पत्रकारहरुको बीमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाराका कार्यबाहक अध्यक्ष पन्नालाल दासद्धारा सोमबार जारी बिज्ञेप्तिमा आम सञ्चार प्राधिकरण कार्यालय मधेश प्रदेश जनकपुरद्वारा हालै बारा जिल्लामा सञ्चालित मिडियाहरु र नेपाल पत्रकार महासंघ,बारा शाखाले गरेको पत्रकार बीमा कार्यक्रममा गैर पत्रकारलाई समावेश गरी अनियमितता गरेको आरोप लगाईएको छ ।

पत्रकारको सही परिचय र प्रमाणको आधारमा मात्र बीमा प्रक्रिया अगाडि बढाउन नेपाल पत्रकार महासंघ बाराद्धारा जारी प्रेस बिज्ञप्तिमा माग गरिएको छ।

सम्बन्धित निकायसँग गम्भीर ध्यानाकर्षण गराउँदै,यथाशीघ्र यस विषयमा आवश्यक कदम चालिने नेपाल पत्रकार महासंघ बाराका कार्यबाहक अध्यक्ष पन्नालाल दासद्धारा जारी बिज्ञेप्तिमा भनिएको छ ।

Leave a review