लागुऔषध,बाल हिंसा तनाव व्यवस्थापन सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम बकुलियामा सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा सोमवार उक्त कार्यक्रम भएको हो ।
लागुऔषध,बाल हिंसा तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धी विद्यार्थीहरुलाई सचेतना गराउने कार्य भएको थियो ।
कार्यक्रममा बकुलिया क्याम्पसमा कक्षा ११, १२ अध्ययनरत करिब १ सय जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित बकुलिया क्याम्पसमा बिद्यार्थीहरुलाई लागुऔषध,बालहिंसा,तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना जगाईएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक चिरञ्जबी दाहालले बारामा पछिल्लो समयमा आत्महत्याको घटना घट्दै गएको बताउदै उक्त घटनालाई प्रहरीले निरुसाहित गर्नको निम्ती सामाज र बिद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताएका छन ।
कार्यक्रममा बिद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्तो उपायहरु अबलम्बन गर्ने,न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रहरी नायब उपरीक्षक दाहालले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।


