नेपाली नक्कली नोट सहित दुई जना पक्राउ

साझेदारी दैनिक
629 पाठक संख्या

बारा प्रहरीले नक्कली नोट सहित दुई जनालाई बुधवार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा बारागढी गाउँपालिका वडा नम्बर ५ सिहासनी बस्ने शम्भु चौधरीको छोरा वर्ष २३ को बलिराम चौधरी र निजसँग निजको बा.६४ प ९७०६ नम्बरको एफजेड मोटरसाईकल सवार भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने दशै साहको छोरा वर्ष २७ को संदिप कुमारलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई एक हजार नोटको नक्कली एकहजार दुई सय १६ थान(करिब १२ लाख सोह« हजार वरामद गरेको हो ।प्रहरीले उनिहरुलाई सिम्रौनगढ नगरपालिका वडा नम्ब ९ बसवरिया नहर स्थितमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा बुधवार विहान खटिएको प्रहरी टोलीले तत्काल सो स्थानमा पुगी चेकजाँच गर्दा पक्राउ गरेका छन ।

चेकजाँज निजहरूको शरीर तलासी गर्दा संदिप कुमारले बोकी रहेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेक्कली नेपाली नोटहरु वरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएस्पी गौतम मिश्राले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds