बारा प्रहरीले १७ लाख २७ हजार एक सय ३० रुपैयाँ बराबरको अबैध समान सहित काठ नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले अबैध सामान सहित काठ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोली आइतबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं.०४ बलिरामपुर स्थित भारत बाट भन्सार छली गरी ल्याउदै गरेको कपडा थान ८ बण्डल,सलवार सुट २ सय ३५ पिस,कुर्ता सलवार १३ पिस,बेल्ट १ सय ८६,कुर्ता सलवार १३ पिस,लेडिज बलाउज ७ सय ७० पिस,लेडिज सेन्डिल ५३ पिस र बच्चाको सेन्डिल ६८ पिस,साडी १२ पिस,सलवार सुट २ सय ३५ पिस कपडा बरामद गरेको छ ।
उक्त अवैध कपडा अन्दाजी मुल्य रू.११ लाख ७३ हजार ३ सय ५० रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी स्थित भारतबाट भन्सार छली गरी ल्याउदै गरेको १ सय ९० पोका टिंकु सुपारी अन्दाजी मुल्य रू.१९ हजार रूपैया बराबरको सामान बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया स्थित सर्लाहीबाट चितवन तर्फ जादै गरेको ना ४ ख १६४ नम्बरको बसमा लोड रहेको चिनि ३ बोरा र प्याज १० बोरा अन्दाजी मूल्य रू.३३ हजार रूपैया बराबरको बिल भरपाई नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको करैयामाई गाउँपालिका वडा नं.६ पिपरा टोल स्थित लुकाई छिपाई राखेको सालको गुलिया ४,सालको टिक,२ जंगली सिसो ४,सालको कडी ७ गरी अन्दाजी मुल्य रू.५ लाख १ हजार ७ सय ८० रूपैया बराबरको रहेको काठ बरामद गरेको छ ।
अवैध सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

