नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काठमाण्डौंस्थित कान्ति बाल अस्पतालको बुधबार आकस्मिक अनुगमन गरेका छन् ।
आकस्मिक अनुगमन गर्दै उपचारका लागि आएका बिमारी फर्काउने काममा रोक लगाउन उनले निर्देशन दिएका छन् ।
उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य तत्काल बन्द गर्न उनले निर्देशन दिएका हुन् ।
आइसीयु बेड थपेर वा सेवा विस्तार गरेर भए पनि बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्न उनले स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन्।
उनले सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न उनले निर्देशन दिएका हुन् ।
अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्न उनले निर्देशन दिएका हुन् ।
बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वाडाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउन उनले अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।
अस्पतालमा रहेका ओटि र ओपिडी सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न उनले अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।


