पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम लिने सहदेव पटेल प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
328 पाठक संख्या

पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम लिने सहदेव पटेललाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलैया उप–महानगरपालिका वडा नम्बर २३ बैराठपुर बस्ने अन्दाजी २५ वर्षीय पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षको लागि कारागार कार्यालय पर्सा बीरगंजमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनी रू.दश लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाईदिन्छु भनी रू.सात लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

साथै यस्ता किसिमका ठगी अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा परेका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिनको लागी जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध गरेको छ ।

पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तहरुले दिएको जाहेरीको आधारर्मा वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको छ ।

जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएकाछन् ।

Leave a review