रौतहटको देवाही गोनाहीमा अधिकृत दास हाजिर

साझेदारी दैनिक
449 पाठक संख्या

गरुडा :करण कुमार मिश्र/ रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन ।

देवाही गोनाही नगरपालिकामा धनन्जय प्रसाद दास प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव केहीदिन पहिले सरुवा भइ अन्यत्र गएपछि देवाही गोनाहीको कार्यालय प्रमुखमा शाखा अधिकृत दास हाजिर भएका छन् ।

मंगलबार अधिकृत दासलाइ नगर प्रमुख प्रेमलाल साह कानु र नगर उप प्रमुख परनिया देवी पटेलसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले स्वागत गरेका छन ।

मंगलबार पदभार ग्रहण गर्दै कार्यालय प्रमुख दासले छिटै कर्मचारीहरूको तलबभत्ता,एकल महिला,जेष्ठ नागरिक,बालबालिकाहरुको भता लगायत वितरण गरिने बताएका थिए ।

हिन्दुहरुको प्रमुख पर्व होली तथा मुस्लिम समुदायको जारी रमजान पर्वको बेला पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक लगायत विभिन्न कार्यहरु अवरुद्ध भइरहेको बेला नगर प्रमुख साह र उप प्रमुख पटेलले पालिकामा नयाँ हाकिमको रुपमा शाखा अधिकृत दास लाई हाजिर गराएका हुन ।

सामान्य प्रशासन मन्त्रालयले केही समय पहिले प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लाई अन्यत्र सरुवा गरेपछि देवाही गोनाही नगरपालिका हाकिम बिहीन भएको थियो।

प्रशासकीय अधिकृत दास कार्यालय प्रमुखको कार्यभाल सम्हालेपछि देवागी गोनाहीमा अब विकास निर्माणको कार्य तीव्रता लिने अपेक्षा धेरैले गरेका छन ।

Leave a review