बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

साझेदारी दैनिक
361 पाठक संख्या

उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।  

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। 

बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो।

बहसपछि न्यायाधीशहरूले सीसीटीभी फुटेज पनि हेरेका थिए। न्यायाधीशहरूले सन्दीप र गौशाला-२६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज हेरेका थिए।

मंगलबार न्यायाधीशद्वय भट्ट र ढकालको संयुक्त इजलासमा बहस नसकिएपछि सुनुवाइका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

Leave a review

This will close in 0 seconds