बारा प्रहरीले चार जना फरार प्रतिवादीलाई गर्‍यो पक्राउ

साझेदारी दैनिक
464 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बारा तथा यस मातहत रहेका कार्यालयबाट खटेको प्रहरी टोलीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले लामो समय देखि बारदात पश्चात फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरेको हो। उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको हो।

प्रहरी कारवाहीको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा बारागढी गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय बैजनाथ साह,सोही मुद्दामा सोही ठाउँका ४२ वर्षीय तेजलाल साह,सोही मुद्दामा सोही ठाउँका ५० वर्षीय जगदिश साहलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका बारा जीतपुर सिमरा उपमहानगरपालिका ३५ वर्षीय रमेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।

उनका अनुसार उनीहरुमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।

Leave a review

This will close in 0 seconds