गोली हानी हत्या गरेर १८ वर्ष पहिले फरार रहेका एकजना प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ एकडवा बस्ने ५० वर्षीय विनोद भनिने विनय प्रसाद यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
यादवले ०६३ भदौ १२ गते बिहान दश बजेको समयमा एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरी फरार रहदै आएको पर्सा प्रहरीको भनाई छ ।
यादवलाई आफनै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारि पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।


