तीन दिने थारु माघि साँस्कृतिक कार्यक्रम शुरु

साझेदारी दैनिक
415 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ जितपुरसिमरा नगर कमिटी र वडा न ४ को वडा कमिटीको संयुक्त आयोजनामा तीन दिने थारु माघी सास्कृतिक कार्यक्रम आइतबार देखि जितपुर सिमरा उपमहानगरपालिकाको औराहामा शुरु भएको छ।

थरु कल्याणकारी सभा बाराका जिल्ला सभापति रामप्रसाद चौधरीको सभापतित्वमा सो कार्यक्रम शुरु भएको हो।कार्यक्रमलाई संघीय सरकारको संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।

प्रमुख अतिथि मन्त्री चौधरीले यस क्षेत्रका थारु समुदायको लागि के चिजको आवश्यक छ त्यस्को बारेमा तयार भएर मन्त्रालयमा आउनको लागि आग्रह गरे। संस्कृति तथा पर्यटनको तर्फबाट पूरा सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा उद्योग बाणिज्य संघ जितपुरसिमराका अध्यक्ष मोहन शर्मा लामिछाने,गढिमाइ पुजारी मंगल चौधरी,शुभद्रा वाइवा,कोल्हबीका नगर प्रमुख रामप्रसाद चौधरी,प्रदेश साँसद देवनारायण चौधरी,संघीय साँसद किसान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

यादवकृष्ण चौधरी र ध्रुब चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भागवत चौधरीको थियो। महोत्सव तीन दिन सम्म चल्ने छ । थारु खाना परिकारको विभिन्न स्टलहरुको साथै मनोरंजनको लागि रोटे पिङ,झुला र विभिन्न किसिमको खेल तमासाको पनि व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा थाकसका पुर्व केन्द्रिय सदस्य हृदयनारायण चौधरी,कोल्हवी नगरपालिका मेयर रामप्रसाद चौधरी,उपमेयर लक्ष्मी कुमारी चौधरी थाकस बाराका उपसभापति लक्ष्मीकान्त चौधरी,कोषाध्यक्ष बासुप्रसाद चौधरी,सदस्य संजयकुमार चौधरी,वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,ईलाका प्रहरी कार्यालय सिमराका डि एस पि सुभद्रा वाइवा,गढिमाइ मन्दिरका पुजारी मंगल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा थारु सास्कृतिक झल्किने झुमरा,घाटो,हरफरौरी जस्ता गीत र नृत्य प्रस्तुत गरिएको थियो।

Leave a review

This will close in 0 seconds