राष्ट्रिय परिचयपत्र वितरणलाई व्यवस्थित बनाउन परिपत्र

संदिप प्रसाद यादव
307 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको व्यवस्थित र मर्यादित बनाउने क्रममा सबै ईलाका प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको स्टेशन सञ्चालन भइरहेको एक विज्ञप्ति मार्फत बुधबार जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बारा अन्तर्गत कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका,फेटा,प्रसौनी,विश्रामपुर,परवानीपुर, करैयामाई,सुवर्ण,देवताल गाउँपालिका एवम् बारागढीको वार्ड नम्बर पाँच बाहेक सबैको सेवा जिल्ला प्शासन कार्यालय बाराले गर्नेछ ।

ईलाका प्रहरी कार्यालय सिमराले जितपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाको राष्ट्रिय परिचयपत्र बनाउने छ ।

यस्तै ईलाका प्रशासन कार्यालय कोल्हवी मार्पmत कोलही नगरपालिका र बारागढी गाउँपालिका वडा नम्बर पाँचको नागरिकको राष्ट्रिय परिचयपत्रको काम हेर्नेछ ।

ईलाका प्रशासन सिम्रौनगढमा सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका एवम आदर्श कोतवाल गाउँपालिकाको राष्ट्रिय परिचय पत्र वितरणको काम हेर्नेछ ।

हालका दिनहरुमा अत्याधिक गर्मी बढेको र ज्येष्ठ नागरिक लगायत अन्य सेवाग्राहीको चाप बढेको छ ।

यसले गर्दा ज्येष्ठ नागरिकलाई लक्षित गरी यस महिना भित्र सबै वडामा राष्ट्रिय परिचयपत्र अभियान सञ्चालन गरिने जानकारी प्रजिअ घिमिरेले साझेदारी दैनिकलाई दिए ।

Leave a review

This will close in 0 seconds