दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
261 पाठक संख्या

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरीले जबरजस्तीकरणी उद्योग मुद्दामा अदालतबाट २ वर्ष ४ महिना ८ दिन कैद सजाय पाएका जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४१ वर्षीय राजेन्द्र बैठा धोबीलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले नागरिकता सम्बन्धी मुद्दामा अदालतबाट ३० हजार रुपैयाँ जरिवाना पाएका आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ५२ वर्षीय लखिन्द्रप्रसाद जैसवाललाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds