प्रगतिशिल जनस्वास्थ्यकर्मी महासँघ मधेस प्रदेशको प्रथम अधिबेशन वीरगञ्जमा शुक्रबार देखि शुरु भएको छ ।
अधिबेशनमा मधेस प्रदेशका आठ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
अधिवेशनको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश ईन्चार्ज लिलामणी पोखरेलले उद्घाटन गरेका थिए ।उद्घाटन सत्रमा माओबादी नेता बिश्वनाथ साह,गिता कँडेल,जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

