अमाडारमा सिँचाईको लागि ट्युबवेल जडान हुँदै

साझेदारी दैनिक
234 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ अमाडारमा सिँचाईकोलागि ट्युबवेल जडान भईरहेको छ ।

उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको लगानीमा अमाडारमा किसानलाई राहतकोलागि ट्युबवेल जडान भईरहेको हो ।

बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण सुरु गरिएको छ ।

अमाडारमा ट्युबवेलको धेरै आवश्यकता रहेकोले केन्द्रिय सरकारसंग पहल गरेर करिब १ करोडको लागतमा अमाडारमा ट्युबवेलको बजेट ल्याईएको माओवादीकी केन्द्रिय सदस्य गिता कंडेलले बताईन ।

बर्षौदेखि किसानले सिचाईको अभावमा कृषि पेशामा खेप्दै आएको नोक्सानी अब ट्युबवेल निर्माण भए संगै कम हुने जीतपुरसिमरा उपमहानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष सुरेश यादवले बताए ।

अमाडारमा निर्माण भईरहेको ट्युबवेलले करिब एक सय बिघा क्षेत्रफलमा सिचाई पुर्याउन सकिने बिश्वास लिएको छ ।

१५ लाख को लागतमा जनकपुर कन्स्ट्रक्सन एण्ड ट्युबवेल ड्रीलिङ कम्पनीले ट्युबवेल निर्माण गरिरहेको छ भने ट्युवेलको गहिराई करिब १ सय मिटरको हुने जनाईएको छ ।

Leave a review