मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ

साझेदारी दैनिक
434 पाठक संख्या

कलैया : मानव बेचविखन तथा ओसार पसार कार्यमा संलग्न एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्साको ठोरी गाउँपालिका वडा नं.२ ठोरी बजार स्थितमा नामथर वतन परिवर्तित चार जनालाई फ्रि टिकट,फ्रि भिषामा बैदेशिक रोजगारका लागि दुबई र ओमान पठाइ दिन्छु भनी विभिन्न प्रलोभन देखाइ भारततर्फ बिक्री गर्नको लग्दै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

प्रहरीले जिल्ला चितवन माडी नगरपालिका वडा नं.८ खर्कटा बस्ने वर्ष ४१ को दिपक खड्कालाई नियन्त्रणमा लिएको हो।

त्यो सूचना प्राप्त हुनासाथ तत्कालै पीडितहरूलाई सकुशल उद्दार गरी निजहरूलाई भारततर्फ लग्ने कार्यमा संलग्न ति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा उनलाई पर्सा जिल्ला अदालतबाट दिन–५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review