दुई करोड उनन्तीस लाखको सामान बोकेको तीन वटा ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
349 पाठक संख्या

पर्सा प्रहरीले वीरगंजमा रहेको एकीकृत जाँच चौकी आइसिपि भन्सार बाट आएको करोडौं मूल्य बराबरको सामान बोकेको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले जाँचको क्रममा ति ट्रक नियन्त्रणमा लिएको हो ।प्रहरीले वीरगञ्ज महानगरपालिका–२५  आइसिपी गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५,ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको ट्रकहरूबाट अन्दाजी दुई करोद २९ लाख ३९ हजार ६५७ बराबरको  हार्डवेयर,कपडा तथा खुद्रा सामानहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds