नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पाण्डे निर्वाचित

संदिप प्रसाद यादव
1.5k पाठक संख्या

नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् ।

नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन अन्तर्गत शनिबार सम्पन्न मत परिणाम अनुसार नयाँ नेतृत्व गर्न लाई अध्यक्षमा अध्यानन्द पाण्डे ३ सय ७७ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत महम्मद रफिक मियाले जानकारी दिएका छन् ।

उनको प्रतिद्वन्दी टिना सुवेदी ३ सय ४३ मत ल्याएर पराजित भएकी छिन् ।

नेकपा एकीकृत मार्क्सवादी लेलिनवादि (एमाले) बाराको जिल्ला अध्यक्षमा पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुवेदीलाई ३४ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

यसैगरी जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भुलन चौधरी ३ सय ६४ मत ल्याएर निर्वाचित भएका छन् ।

उनको प्रतिद्वन्दी नारायण गौतमले ३ सय ४० मत मत ल्याएका छन् ।

यस्तै सचिवमा अमृत शर्मा बजगाईले ३ सय ६३ मत ल्याई निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी एम समिउल्लाह ३ सय २७ मत ल्याएर पराजित भएका हुन् ।

खुल्ला उपसचिवमा जवाहिर अन्सारी ३ सय ५७ मत ल्याई निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी धनिराम चौधरी ३ सय ४१ मत मत ल्याएका छन् ।

त्यसैगरी महिला उपसचिमा भावना आचार्य ३ सय ६८ मत ल्याई निर्वाचित भएकी छिन् भने उनकी प्रतिद्वन्दी कमला धिमिरेले ३ सय २५ मत ल्याई पराजित भएकी छिन् ।

शुक्रबार साझ नया नेतृत्वका लागि मतदान भएको थियोे ।

एमाले बाराको ११ औं अधिवेशन गत सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

Leave a review