कलैया : बाराको देवताल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा सोमबार सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ ।
उक्त बैठकमा सीमा रेखदेख तथा सीमा विवाद,अपराधिक क्रिया कलाप,सीमा स्तम्भ,चारपांग्रे सवारी,होलीको शुभकामना लगायतको बिषयमा गहन छलफल गरिएको थियो।
वडा अध्यक्ष अरुणकुमार सिंहको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।उक्त बैठकमा समितिका सदस्य सतेन्द्र नारायण पाण्डे,सुरेश भगत माली,वडा सचिव सचिव नन्दकिशोर साह,सदस्य सचिव सशस्त्र प्रहरी बल दक्षिण झिटकैयाका इन्चार्ज सब इस्पेक्टर तामाङ,नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।


