नेपाल राहत शिक्षक समिति बाराको कार्यदलको संयोजकमा रामनरेश प्रसाद यादव चयन भएका छन् ।
समिति बाराको शुक्रबार बसेको बैठकले ११ सदस्यीय कार्य दल गठन गरेको हो ।
कार्य दलमा कृपानारायण प्रसाद यादव,जितेन्द्र प्रसाद पटेल, राजकिशोर प्रसाद यादव,रिजाकुमारी श्रेष्ठ,मिरा अधिकारी,रामजी प्रसाद यादव,धर्मेन्द्र प्रसाद यादव,आनन्द तिवारी,हितेन्द्र प्रसाद चौधरी,हृदयनारायण प्रसाद यादव रहेका छन् ।
नेपाल राहत शिक्षक समितिको केन्द्रिय सह अध्यक्ष विनोदप्रसाद पासवानको प्रमुख आतिथ्यमासम्पन्न बैठकले कार्यदल गठन गरेको हो ।
बैठकको अध्यक्षता नेपाल राहत शिक्षक समिति बाराका अध्यक्ष श्यामबाबुप्रसाद यादवको थियो ।
बैठकले नेपाल राहत शिक्षक केन्द्रिय समितिको असार २८ र २९ गते हुने केन्द्रिय महाधिवेशनको सन्दर्भमा कार्यदल गठन गरेको हो ।
महाधिवेशनको लागि एक लाख रुपैयाँ खर्च लाग्ने भएकोले हरेक पालिकाबाट १० हजार रुपैयाँ सहयोग लिने सो बैठकले निर्णय गरेको छ ।


