तीन जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
251 पाठक संख्या

बारा प्रहरीले करकाप मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले करकाप मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना पाएका जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने कृष्ण कुमार श्रेष्ठ,सोही ठाउँमा बस्ने बस्ने बिशाल श्रेष्ठ र बिकाश श्रेष्ठलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review