वीरगञ्ज कारागारमा करेन्ट लागेर एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
करेन्ट लागेर कारागारका कैदीबन्दी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ३० वर्षीय अनिल महतो नुनियाको मृत्यु भएको हो ।
कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर शनिबार विहान उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । उनी जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि वीरगञ्ज कारागारमा सजाय काटदै आएका थिए ।
नुनियाको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको तथा घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

