जथाभाबी होली,रङ्ग लगाउनेलाई बारा प्रहरी प्रशासनले कारवाही गर्ने

साझेदारी दैनिक
635 पाठक संख्या

बारामा होली पर्वका नाममा जथाभावी रङ्ग लगाउनेलाई पक्राउ गरि कारवाही गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जथाभावी रङ्ग लगाउनेलाई पक्राउ गर्न आदेश दिएका छन । होली पर्व मनाउने क्रममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सापकोटाले जारी गर्नुभएको आदेश पत्रमा उल्लेख छ ।

वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने रंगिन बस्तुहरु,केमिकल, प्लाष्टिकजन्य लोला लगायतको प्रयोग एवम आयात र बिक्री वितरण समेत नगर्न भनिएको छ । आदेशको अवज्ञा भएमा कानुनबमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सापकोटाले होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृति रुपमा मनाउन सवै बाराबासीलाई आग्रह समेत गर्नु भएको छ ।

Leave a review

This will close in 0 seconds