चार्डपर्व नजिकिएसंगै सिर्सिया नदी फेरि प्रदुषण्मुक्त गरिने

राम मण्डल
296 पाठक संख्या

तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ ।

वीरगंज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी,जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरु सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण नगरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरु पनि तयार भएका छन् ।

यस अघि महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेल्ने विभिन्न ६ वटा उद्योगहरुको अनुगमन भएको थियो ।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्न नछाडे पछि आज मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदुषण गराउने उद्योगका संचालकहरुलाई बोलाएर नदी प्रदुषण रोक्न निर्देशन दिनुभएको हो ।

बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६÷६ महिनामा स्व. अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।

यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगंज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णय भएको छ ।

Leave a review

This will close in 0 seconds