कलैया सिटी जेसिजले सिद्धेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ३ मा रहेको सिद्धेश्वर मन्दिरको परिसरमा कलैया सिटी जेसिजले मंगलवार एक कार्यक्रम आयोजना गरि मन्दिर परिसर सरसफाइ गरेको हो ।
कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुमार कुशवाहाको सभापतित्वमा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सिद्धेश्वर मन्दिर परिसरको प्राङ्गणमा,मन्दिर पूर्वको गेट नजिकैको पार्कमा र मन्दिर भित्र विधुतिय मोटरले सरसफाइ गरिएको महासचिव राजकुमार गिरीले बताएका छन ।
अहिले साउन महिना हरेक सोमवार मन्दिर परिसरमा वृहत मेला हेर्न र दर्शन गर्न सयौको संख्यमा दर्शानार्थीहरु आउने गरेका छन । मेलालाई मध्यनजर गर्दैै मन्दिरलाई स्वच्छ र सफा राख्ने उद्देश्यले मन्दिर सरसफाई कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा २०२३ का अध्यक्ष सुभाष जैसवाल,कलैया सिटी जेसिजका प्रमुख अध्यक्ष सल्लाहकार जेसी शम्भु गुप्ता,२०२४ का महासचिव राजकुमार गिरि,उपाध्यक्ष जेसी सुरज गिरी,शेषनाथ पासवान,२०२४ का बोर्ड सल्लाहकार बैजु दास,जेसि माणिकचन साह,मिडिया संयोजक संदिप प्रसाद यादव,सन्दिप कुमार साह,धर्मेन्द्र कुमार,पुर्व अध्यक्षहरु,वोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कलैया सिटी जेसिज २०२४ का कार्यक्रम संयोजक जेसि ओमप्रकाश सरार्फको संयोजकत्वमा उक्त सरसफाइ कार्यक्रम भएको थियोे । आगामी दिनहरुमा पनि यस्ता खालका उल्लेखनीय कार्यक्रममा सक्रिय सहभागिता रहने जेसिजले प्रतिवद्धता जनाएको छ ।


