बारा प्रहरीले अबैध खुद्रा सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप–महानगरपालिका वडा नम्बर ८ बरेवामा सो सामान बरामद गरेको हो । भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अबैध खुद्रा सामान बरामद गरेको हो ।
अवैध खुद्रा सामानको अन्दाजी मूल्य रु. एक लाख नौ हजार दुई सय बराबरको डिउ,स्प्राईट,कोका कोला,स्ट्रिङ्ग,चिनी,चना,तेल रहेको प्रहरीले जनाएको छ ।
उक्त खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी करवाहीको प्रकृया अगाडी बढाइएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।


