कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित कोल्हवी बजारमा एक भव्य कार्यक्रमवीच शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले ब्यानर पढेर सार्वजनिक सुनवाई कार्यक्रमको उद्घाटन गरेका हुन्।
ज्ञानु चौधरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजेन्द्र मैनाली,बद्री भट्ट,भुवन चौधरी,हरिहर चौधरी,केवल चौधरी,जयप्रकाश चौधरी,रामनाथ चौधरी,किशोरी प्रसाद चौधरी,रामदयाल चौधरी लगायतकाले आ – आफ्नो जिज्ञासा राखेका थिए।
स्वास्थ्य क्षेत्रसंग आएका जिज्ञासालाई कोल्हवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले सम्बोधन गरेका थिए।
त्यस्तै जनताका गुनासालाइ नगर प्रमुख रामप्रसाद चौधरीले सम्बोधन गरे। उनले यस पालिकाको स्वास्थ्यको अवस्था पहिले भन्दा सुधार भएको जनाए। यस्को व्यस्थापनमा अझै जोड दिनु पर्ने उनले बताए। कुनै पनि योजनाको कार्य गर्दा योजनाको बिस्तृत बिवरण सहितको बोर्ड राख्न उनले सल्लाह दिए।
कोल्हबी नगरपालिकाको शिक्षा अवस्था पहिला शून्य रहेको र अहिले शिक्षामा १५ % माथी उठिसकेको उनले जानकारी गराए।
अगामी दिनमा प्रत्येक वडामा एउटा देखिने काम गर्ने यस पालिकाको योजना रहेको उनको भनाई थियो। सबै मिलेर फोहर व्यस्थापन गर्न सबै सहभागीहरुलाइ उनले आग्रह गरे।
अनुमति बिनाको शिक्षकहरु अध्यापन गराइ रहेको जिज्ञासा्मा नगर प्रमुख चौधरीले यहि चैत्र सम्म ३ बर्षको अल्टिमेटम समाप्त भइरहेको जनाए।
यदि यो तीन बर्षमाको अवधिमा लाइसेन्स लिन नसकेको शिक्षकहरुलाइ जागिरबाट समेत हटाइने उनले बताए।
गुनासो सम्बोधनको क्रममा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले आफ्नो पालामा कोल्हबी नगरपालिकाको बेरुजु शून्य रहेको जनाए। उनले भुक्तानीको लागी उपभोक्ताहरुलाइ कागजी प्रमाण चुस्त र दुरुस्त गरि पेश गर्न आग्रह गरे।
करारको कर्मचारीहरुको कार्य सम्पादन अनुसार उनीहरुलाई जागिरमा राख्ने उनले बताए। जनताबाट आएका गुनासालाइ तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख किसन बस्नेत,स्वास्थ शाखा प्रमुख मनोज कुमार चौधरी ,वडा न १ का अध्यक्ष राजहरण चौधरी लगायतले सम्बोधन गरे।
उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकी उप प्रमुख लक्ष्मी कुमारी चौधरी,इलाका प्रशासन कार्यालय कोल्हवीका प्रतिनिधि अनिलबहादुर धानुक,वडा न. १ का वडाध्यक्ष राजहरण चौधरी,२ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी, ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली, इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख किशन बस्नेत, सशस्त्र वेस क्याम्प कोल्हवीका प्रमुख सुनिल श्रीवास्तव,तामागढी साझेदारी वनका अध्यक्ष रबिन्द्र पनुहर,कोल्हवी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार,शिक्षा शाखा प्रमुख मिश्रीलाल शाह,स्वास्थ्य शाखा प्रमुख मनोज चौधरी लगायतको उपस्थिति रहेकोे थियोे ।
धीरेन्द्र पनुहरले सो कार्यक्रमको संचालन गरे। कार्यक्रममा स्वागत बिनिता चौधरीको थियो।

