कलैया सिटी जेसिजको दुई दिने खुल्ला मेहन्दी प्रतियोगिता सुरु भएको छ ।
बाराको सदरमुकाम कलैया भरत चौक स्थित रहेको दास गेष्ट हाउसको हलमा कलैया सिटी जेसिजको आयोजनामा यही साउन २५ गतेदेखि दुई दिने खुल्ला मेहन्दी प्रतियोगिताको एक कार्यक्रम सुरु भएको हो ।
कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पुर्वनगरप्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेश राय यादवले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पुर्वनगर प्रमुख एवम सभापति यादवले मेहन्दी प्रतियोगिताले खास गरि महिलाहरुलाई आत्म निर्भर बनाउने र आफू भित्र रहेको प्रतिभालाई बाहिर ल्याई अगाडि बढ्न मदत पुग्ने बताएका छन् ।

उक्त मेहन्दी प्रतियोगिता कार्यक्रममा श्रीराधेकृष्ण मेहन्दी ट्रेनिंग सेन्टरकी सञ्चालिका स्वेता गुप्ता प्रमुख निर्णायक र सह निर्णायक भारती चौधरीको सहकार्य प्रतियोगिता भैइरहेको जेसिज २०२४ का महासचिव राजकुमार गिरीले बताएका छन् ।
पहिलो चरणको प्रतियोगिताबाट टप टेनमा कल्पना साह,कृतिका कुमारी,मनिषा गुप्ता,सेलिना केशरी,सोनि सरार्फ,सोनु सहनी,सुप्रिया प्रजापति,सुष्मा चौरसिया,नेहा केशरी र जिया सरार्फ रहेका प्रमुख निर्णायक स्वेता गुप्ताले बताएकी छिन् ।
उनका अनुसार बारा र पर्सा गरि २९ जना सहभागिता रहेको थियोे भने जस मध्ये एक जना पुरुष पनि सहभागी रहेका छन् । सो प्रतियोगितामा प्रथम २ हजार,द्वितीय १ हजार ५ सय र तृतीय पुरस्कार १ हजार रुपैयाँ सहित प्रमाणपत्र तथा ट्रपी दिने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा कलैया सिटी जेसिज वर्ष २०१६ का अध्यक्ष जेसी रामबाबु कुशवाहा,२०१८ का जेसी धनिलाल सरार्फ,२०१९ का जेसी राजेश प्रशाद कुशवाहा,२०२० का जेसी बिपिन चौधरी,०२१ का अध्यक्ष एवम् प्रमुख अध्यक्ष सल्लाहकार जेसी शम्भु गुप्ता,२०२४ का बोर्ड कार्यकारिणी उपाध्यक्ष जेसी गणेश शर्मा,जेसी प्रदिप कुशवाहा,उपाध्यक्ष जेसी आकाश गुप्ता,उपाध्यक्ष जेसी शेसनाथ पासवान,२०२४ का तालिम संयोजक मुकेश सवर्णकार,सदस्य मानिकचन साह र मिडिया संयोजक जेसी संदिप यादव लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन २०२४ का महासचिव राजकुमार गिरीले गरेका थिए । उक्त मेहन्दी प्रतियोगिताको फाइनल शनिबार दास गेष्ट हाउसमा हुने भएको छ ।


