सभापति लामिछाने धरौटीमा रिहा भएपछि बारामा दिप प्रज्वलन

साझेदारी दैनिक
356 पाठक संख्या

कलैया :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहाभएपछि रास्वपा बाराले मैनबती प्रज्वलन गरी खुसियाली मनाएको छ ।

सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटी रकम ६५ लाखमा छोडे लगतै रास्वपा बारा जिल्ला समितिले न्यायलयमाथी आम नेपाली नागरिकको बिश्वास बढेको खुसियाली मनाउदै बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा मैनबती बाली जय घण्टीको नारा लगाउदै एकाअपसमा खुसियाली मनाएका हुन् ।

उक्त कार्यक्रममा रास्वपा बाराका पुर्वजिल्ला सभापति चन्दन कुमार स्वर्णकारको नेतृत्वमा जिल्ला सदस्य कृष्ण कुमार गुप्ता,प्रदेश सदस्य भुलेन्द्र कुशवाहा,बारा क्षेत्र ३ का सभापति भोला साह कानु,महागढीमाई नगरपालिकाका संयोजक बिक्रम प्रसाद यादव,आदित्य मेहता,कलैया १२ का सभापति लालमुकेश ठाकुर लगायत राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सदस्य शुभेच्छुक तथा शुभचिन्तकहरुको बाक्लो उपस्तिथि थियो।

Leave a review

This will close in 0 seconds