राज लक्ष्मी रिलिफ हस्पिटल चौथो वर्षमा प्रवेश

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

कलैयामा रहेको सेवा सुबिधा सम्पन्न राज लक्ष्मी रिलिफ हस्पिटलले तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । उसले एक कार्यक्रमवीच आफ्नो वार्षिकोत्सब मनाएको छ ।

कलैया ५ मा पहिलो पल्ट सुविधा सम्पन्न सहित संचालनमा आएको राज लक्ष्मी रिलिफ हस्पिटल चौथो वर्षमा प्रवेश गर्दै आफ्नो वार्षिकोत्सब मनाएको हो ।

हस्पिटलका प्रबन्धक बिजय साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका युवा नेता युवा एवम् क्षेत्र नम्बर ४ ख का सभापति लोकेश सिंह रहेका हुन् । उनले यस अवसरमा केक काटेका हुन् ।

नेपाली कांग्रेस पार्टी बाराका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का सभापति सिंहले डाक्टर भगवान् सरह हुन् र कुनै पनि डाक्टरले आफ्नो हातबाट कुनै पनि बिरामीलाई नराम्रो होस् भन्ने नचाहने गरेको जनाए । जहिले पनि डाक्टर र शिक्षकलाई सम्मान गर्नु पर्ने बताएका छन् ।

कलैयामा रहेको यस हस्पिटलले गरेको कार्य बाराबासीको लागि महत्वपूर्ण रहेको उनले जनाए । हस्पिटलले विगतका दिनका कमि कमजोरीलाई सल्लाहका रुपमा लिई अगाडि बढै थप सेवा सुबिधा प्रदान गर्न समेत आग्रह गरे ।

कलैयामा रहेका सम्पूर्ण हस्पिटलहरुले एउटा संघको रुपमा गठन गरि संस्थाका हकहितका लागि एकजुट हुन उनले आग्रह गरे । हस्पिटलका प्रबन्धक साहले हस्पिटलले जनताको स्वास्थलाई दृष्टिगत गर्दै थप राम्रो गुणस्तरीय सेवामा ध्यान दिएर काम गरिरहेको बताएका छन् ।

जनतालाई गुणस्तरीय सेवा दिने लक्ष्य सहित स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न समुदायहरुलाई लक्षित गरि विशेष छुटको ब्यवस्था समेत गरिएको उनले बताए ।

हस्पिटलले बितेका वर्षमा सफलतापुर्वक एन आई सियु र आईसियु संचालन गर्नुका साथै हाड जोर्निको १००% सफल शल्यक्रिया,उत्कृष्ट रुपमा बर्थिङ्ग सेवा सन्चालन,जिल्लामै उत्कृष्ट ल्याब भिडियो एक्सरे र ईसिजी सेवा,नाक कान र घाँटी सम्बनधि सफल उपचार,सिटिभिएस को सफलता पुर्वक उपचार र स्वास्थ क्षेत्रमा फड्को मारेको प्रबन्धक साहले जानकारी दिए ।

हस्पिटलबाट सेवामा विस्तार गरे पनि छोटो समय मात्र भएकोले आगामी दिनमा थप विस्तार गरि व्यवस्थित रुपमा हस्पिटलको व्यवस्थापन गर्दै लैजाने उनले बताए ।

२४ औ घण्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी तथा नशा रोग,ओपिडि सेवा,नवजात शिशु तथा बाल रोग सेवा,सिटि स्क्यान,फिजिसियन सेवा,भिडियो एक्सरे,सर्जरी,थाइराइड,चिनी,किड्नी, मुटु,लिभर सम्बन्धि रोगहरु को सफल उपचार ओ.टि सेवा भेन्टिलेटर,प्याथोलोजी लगायतको सम्पुर्ण आधुनिक सुविधाहरु उपलब्ध भएको समेत प्रबन्धक साहले बताए ।

उक्त कार्यक्रममा डाक्टर सुनिल पटेल,डाक्टर मनोज कुशवाहा,डाक्टर रमेश खतिवडा,डाक्टर ओम प्रकाश कुशवाहा,दिपप्रकाश गुप्ता,तरुण दल बाराका जिल्ला सचिव शुभनारायण गुप्ता,राज लक्ष्मी रिलिफ हस्पिटलका कर्मचारी,समाजसेवी लगायतहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन सञ्चारकर्मी संदिप यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds