Sajhedari Daily
Latest News from Nepal

पोखरिया र पकहा मैनपुरमा उपभोक्ता मञ्च समिति गठन

राम मण्डल /
पर्साको पोखरीया र पकहामा शनिबार एक कार्यक्रमकाबीच उपभोक्ता हित संरक्षण मञ्च नेपाल गठन भएको छ ।
पोखरियामा आयोजना गरिएको एक कार्यक्रममा भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरीया नगर कमिटी गठन भएको हो ।

नव गठित समितिकोे उपाध्यक्षमा राजकपुर राउत , सचिवमा गुल्सन त्रिपाठी, कोषाध्यक्षमा धुर्वतारा केवट, सदस्यहरुमा सहजान खातुन, श्याम बहादुर यादव, जितेन्द्र पटेल, अशोक साह, लोकेन्द्र बहादुर साह, सिताराम साह र मैजुन खातुन लगायत रहेका छन ।

यसैगरी समितिको सल्लाहकारमा ललन कुमार पटेललाई चयन गरिएको थियो । कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्माले पोखरीया बजारलाई व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिएका थिए । बजारमा अव्यवस्थित रुपमा माछा , मासु र मिठाई पसललाई विशेष ध्यान दिनु पर्ने शर्माको भनाई थियो ।

स्थानीय निकायका उपमेयर , उपाध्यक्षलाई बजार अनुगमन समितिको संयोजक र अनुगमन कमिटी गठन गर्ने अधिकार दिएको हुदा त्यसलाई पालना गर्न लगाउने र गल्ती गर्ने व्यवसायीहरुलाई कार्वाही र जरिवाना गर्न सक्ने अधिकार समेत दिएकोले त्यसलाई तुरुनै कार्यान्वन गर्नु पर्ने आवशयक रहेको शर्माले बताए ।

त्यसैगरि शनिबार नै पकाहा मैनपुर गाउपालिकाकमा पनि उपभोक्ता हित सँरक्षण मञ्चको गाउँपालिका समिति गठन गरिएको छ । गाउँपालिका स्तरीय समिति ललन कुमार पटेलको अध्यक्षतामा ७ सदस्यीय गाउँ कमिटी गठन गरिएको थियो ।