बितेको एक आर्थिक बर्षमा पर्सा र बारामा दुई सय ३६ वटा हातहतियारहरु नविकरण भएका छन ।
दुबै जिल्लामा जिल्ला प्रशासन कार्यालयले दिएको तथ्याँक अनुसार उक्त मात्रामा हातहतियारहरु नविकरण भएका हुन ।
पर्सामा बितेको आर्थिक बर्ष ०८०/८१ मा कुल एक सय ५३ वटा हातहतियारहरु नविकरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यो अघिल्लो आर्थिक बर्षको तुलनामा भने कम हो । अघिल्लो आव ०७९/८० मा भने जिल्ला भरिमा कुल दुई सय १३ वटा हातहतियारहरु नविकरण भएका थिए ।
यस्तै आव ०७८/७९ मा भने एक सय १ वटा हातहतियारहरु दर्ता भएका थिए ।त्यसैगरि जिल्लामा बितेको आवमा जम्मा एउटा मात्रै हातहतियारहरु नामासारी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याँकमा भनिएको छ ।
हातहतियार ईजाजत,नामसारी र नविकरण दस्तुरबापत जिल्ला प्रशासनले नौ लाख एघार हजार ६ सय रुपैया राजश्व सँकलन गरेको छ ।यस्तै बारामा भने बितेको आवमा ८३ वटा हातहतियारहरु नविकरण गरिएका छन ।
त्यसैगरि दुई वटा हातहतियारहरु भने नामासारी गरिएका छन । हातहतियार ईजाजत,नामसारी र नविकरण दस्तुर बापत ६ लाख २५ हजार २२५ रुपैया राजश्व सँकलन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको बार्षिक तथ्याँकमा जनाइएको छ ।

