जीतपुर : बाराको सिमरा औराहामा बित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम विहीबार सम्पन्न भएको छ । घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहाको आयोजना र एन्जल फाउन्डेसन, डुमरबाना शाखाको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
प्रशिक्षण कार्यक्रममा १ सय ४७ जनाको सहभागिता रहेको आयोजक संस्थाका ब्यवस्थापक नबिन खड्काले जानकारी दिए । प्रशिक्षणमा आपतकालीन अवस्थाहरू—जस्तै दुर्घटना, सर्पदंश, जलन, उच्च वा न्यून रक्तचाप,हृदयघात आदि मा गरिनुपर्ने प्राथमिक उपचार गरी बिरामीको ज्याउँने विषयमा जानकारी दिइएको थियो।
सो अवसरमा एन्जेल फाउन्डेसनका स्वास्थ्यकर्मी ओम प्रसाद कोईराला ,जनस्वास्थ्यकर्मी सरु निरौला र सिनियर असिसटेन्ट अनिषा गिरीले प्रशिक्षण दिएका थिए ।
घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहाकी अध्यक्ष कोपिला सिमखडाले कार्तिक २४ गते एन्जल फाउन्डेसनको सहकार्यमा १ दिने पायल्स शिबिर संस्थाको कार्यालय भवनमा हुने जानकारी दिईन् । उनले रोग पालेर बस्नुभन्दा ठिक समयमा उपचार गराएर स्वास्थ्य लाभ लिन अनुरोध गरिन् ।
अध्यक्ष सिमखडाले पायल्सको चेकजाँच शिबिरमा निशुल्क हुने बताईन् । रोग पत्ता लागेपछि त्यसको उपचार देखि निको भएसम्मको सम्पुर्ण खर्चमा ५० प्रतिशत छुट हुने जानकारी दिईन् ।कार्यक्रमको प्रमुख अतिथि संस्थाका निबर्तमान उपाध्यक्ष तथा सल्लाहकार संयोजक थानेश्वर पाध्या रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मनत्बय आयोजक संस्थाका कोषाध्यक्ष प्रेम कुमार ढकालको रहेको थियो भने कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा लेखा समिती संयोजक नवराज न्यौपाने रहनुभएको थियो । एन्जेल फाउन्डेसन समुदाय स्तरमा स्वास्थ्य सचेतना जगाई आकश्मिक रुपमा आईपर्ने स्वास्थ्य जटिलतालाई न्युनिकरण गर्न ,गोप्य रोगहरुबाट हुन सक्ने जटिलता न्युनिकरण ,बाँच्न सक्ने दरमा गुणस्तरीय सेवा प्रदान ,शहरी क्षेत्रका ठुला अस्पतालका डाक्टर तथा मेडिकल टिमलाई गाउँसँग जोड्ने लगायतको काम गर्दै आएको एन्जल फाउन्डेसनका जनस्वास्थ्यकर्मी सरु निरौलाले जानकारी दिईन् ।
कार्यक्रममा बित्तिय साक्षरता र गुप्तरोग पाईल्स ,फिस्टुला र फिसर सम्बन्धि प्रशिक्षण अनिषा गिरी र प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि प्रशिक्षण ओम प्रकाश कोईरालाले दिनुभएको थियो । कार्यक्रमकाबिच गुप्तरोग पाईल्स ,फिस्टुला र फिसर सम्बन्धि रोगका बिरामीहरुको सर्वेक्षण गरिएको थियो ।


