चोरी मुद्दामा फरार रहेका मुखिया पक्राउ

संदिप प्रसाद यादव
384 पाठक संख्या

कलैया,१४ भदौ । बारा प्रहरीले चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको कारवाही सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा बरदात पश्चात फरार रहेका प्रतिवादी लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले चोरी मुद्दामा अदालतबाट ३ महिना कैद सजाय पाएका जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ननसगरा ढाट बस्ने अन्दाजी ३० वर्षीय अनिल कुमार मुखियालाई पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review