वीरगञ्जको किरण आँखा अस्पताल अब सिमरामा

साझेदारी दैनिक
296 पाठक संख्या

वीरगन्जस्थित किरण आँखा अस्पतालको सेवा अब बाराको सिमरामा पनि दिने भएको छ । शनिवारदेखी सिमरामा अस्पतालको शाखा सञ्चालनमा आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शनिबार उक्त आँखा अस्पतालको शाखा क्लिनिकको शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी उपचार सेवा प्रदान गर्न आग्रह गरेका छन । उनले जीतपुरसिमरामा पछिल्लो समय स्वास्थ्य संस्था र दक्ष चिकित्सकको संख्या बढ्दै गएको बताउँदै नगर प्रमुख पौडेलले उपचारकै लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट हट्दै गएको बताए ।

पौडेलले जीतपुरसिमरामा स्वास्थ्य सेवालाई अझै प्रभावकारी र सहज बनाउन आफूहरु लागिपरेको बताए । अस्पतालका संचालक एवम् डा.अमर केयालले सर्वसाधारणकै सहजताका लागि सेवा केन्द्र विस्तार गरिएको बताए ।

यस क्षेत्रबाट उपचारका लागि धेरै नागरिक पुग्ने गरेको बताउँदै डा. केयालले सबैलाई अझ पायक हुने गरी क्लिनिक स्थापना गरिएको बताए।

डा. केयालले वीरगन्जमै उपचार गर्ने दक्ष चिकित्सककै उपस्थितीमा सिमराबाट सेवा संचालन हुने जानकारी दिएका ।

Leave a review