धीरेन्द्र पनुहर/
बाराको कोल्हवीमा रहेको तामागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड कोल्हवी १ को चौथो बार्षिक साधारणसभा मंगलबार तामागढ़ी पार्टी पैलेस कोल्हाबी सम्पन्न भएको छ ।
उक्त साधारणसभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी समेत रहनु भएका मैनालीले यो सहकारी संस्था कम समयमा नै प्रगति गरेकोमा सम्पूर्ण शेयर धनि,बचत कर्ता,संचालक समिति,कर्मचारीलाइ बधाई तथा धन्यबाद दिनुभयो ।
कोल्हवी नगरपालिकाको एक मात्र सहकारी पसल तामागढ़ी मार्ट संचालन गरी उपभोक्तालाई गुणस्तरीय खाधान्न सामग्री बिक्री बितरणले गर्दा यो सस्था धरै जनताहरुको मन मनमष्तिकमा बस्न सफल भएको बताएका छन ।
संस्थाका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी अतिथिहरूमा तामागढ़ी साकोसका उपाध्यक्ष पृथवीराज सिवाकोटी,सचिव पदमजंग प्याकुरेल,कोषाध्यक्ष कालिका भण्डारी,सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख उमेश पौडेल,सहकारी अभियन्ता बद्रीनाथ नेपाल,फणीन्द्रराज सुबेदी,सेयर सदस्यहरु,संचालक समितिका पदाधिकारीहरु,सस्थाका कर्मचारीहरु पत्रकार संचारकर्मीहरुका उपस्तिथि रहेको थियो ।
सहकारीले आर्थिक बर्ष २०७९÷८० मा एक करोड़ चौरासी लाख पाच हजार आठ सयको कारोवार रहेको जानकारी गराएको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष श्याम प्रसाद खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिको संयोजकको प्रतिवेदन बिनोद खनालले प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी कार्यक्रममा स्वागत मनतब्य संस्थाका उपाध्यक्ष चिन्तामणि चौधरीले राख्नु भएको थियो भने संचालन रामकुमार शिवाकोटीको रहेको थियो ।

