१११ औं विपी जयन्तीको अवसरमा प्रेस युनियनद्रारा मिडिया काउन्सिल विधेयकमा अन्तरक्रिया कार्यक्रम

संदिप प्रसाद यादव
544 पाठक संख्या

कलैया : नेपाल प्रेस युनियन बाराले १११ औं विपी जयन्तीको अवसरमा कलैयामा मिडिया काउन्सिल विधेयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बाराको कलैयामा रहेको होटल करण राज प्यालेसको सभा हलमा नेपाल प्रेस युनियन बाराले १११ औं विपी जयन्तीको अवसरमा मिडिया काउन्सिल विधेयकमा युनियनकर्मीहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गरेको हो ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ रहनु भएका थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल,मधेस प्रदेशका अध्यक्ष सल्लाहकार सिकेन्द्र पासवान,प्रदेश सचिव सन्तोष पाण्डे,प्रदेश सदस्य संजीव मिश्रा,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,पुर्व अध्यक्ष गुरु प्रसाद गौतम,बरिष्ठ पत्रकार सुजित कुमार आर्याल,रबिन्द्र सिंह,भोजराज भट्टराई,पत्रकार महासंघका पुर्व उपाध्यक्ष राकेश पाण्डे,पुर्व सचीव जयनारायण यादव,नेपाल प्रेस युनियन बाराका पुर्व अध्यक्ष,पदाधिकारी,जिल्ला कार्य समिति सदस्यहरु लगायतले मिडिया विधेयकमा समावेश गर्नुपर्ने विषयमा बोल्नु भएको थिए ।

कार्यक्रममा पत्रकारहरु निवेश तिमल्सिना,साजिर मन्सुर,उमेश दुवे,उपेन्द्र यादव,पवन यादव लगायतले सरकारले प्रस्ताव गरेको मिडिया विधेयकमा पत्रकार र संचारमाध्यमलाई अंकुश लगाउने प्रवधान नराख्न सुझाव दिएका छन ।

अन्य बुदामा प्रावधानहरुलाई अध्ययन गरेर आवश्यक सल्लाह र सुझाव संकलन गरेर केन्द्रीय कार्यलयमा पठाउने निणर्य समेत गरेको छ । कार्यक्रममा प्रस्तावित मिडिया विधेयक बारे युनियन शाखा अध्यक्ष श्यामबावु प्रसाद यादवले जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रेस युनियन बाराका कोषाध्यक्ष अरुण कुमार साहको रहेको थिए भने सो कार्यक्रमको संचालन सचिव राजेश कुशवाहाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds