बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका पदाधिकारीको भयो शपथ ग्रहण

साझेदारी दैनिक
427 पाठक संख्या

कलैया : बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका पदाधिकारीहरुको बिहीबार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कलैयास्थित दास गेष्ट हाउसको सभाहलमा भएको शपथ ग्रहण कार्यक्रममा पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन्।

पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक तथा मधेश प्रदेश सहकारी संघका प्रस्तावित अध्यक्ष राजेश पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण गर्नेमा संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर,वरिष्ट उपाध्यक्ष राजुप्रसाद अधिकारी,महिला उपाध्यक्ष कोपिला सिम्खडा,सचिव मणिन्द्रनाथ शर्मा,सहसचिव मदनप्रसाद चौरसिया तथा कोषाध्यक्ष यज्ञप्रसाद तिवारीले शपथ ग्रहणसंगै पदभार ग्रहण गरेका हुन्।

यस्तै सञ्चालक सदस्य उमेशचन्द्र यादव,रामएकबाल प्रसाद यादव,आनन्दप्रसाद यादव,रोशनकुमार गुप्ता,रामकाजी खडका,मुना पटेल तथा राजकुमारले शपथ लिएका हुन्।

यस्तै संघका लेखा समिति संयोजक शालिकराम अधिकारी,सदस्य राजकुमार कार्की तथा प्रमानन्द प्रसादले शपथ ग्रहण गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मधेश प्रदेश सभा सदस्य पारसप्रसाद साहले सहकारीलाई सहकारी सिद्धान्त अनुसार चलाउन आग्रह गरे। विकल्प विना मिटरव्याज विरुद्ध कानुन ल्याएर काम गरिरहेको भए पनि गरिबहरुलाई अहिले पनि ठूलो समस्या रहेको उनले बताए।

उक्त कार्यक्रममा निर्वाचन प्रमुख पण्डित,समिति सदस्य पुण्यप्रसाद जोशी तथा भवन खडकालाई कार्यक्रमका प्रमुख अतिथि साह तथा संघका अध्यक्ष ठाकुरले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

Leave a review