दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
387 पाठक संख्या

बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले जुवा मुद्दामा अदालतबाट एक सय रुपैयाँ जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं.५ कवही बस्ने अन्दाजी ३१ वर्षीय राजकिशोर प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै प्रहरी चौकी बरियापुरबाट खटिएको प्रहरीले लागु औषध गाँजा चरस मुद्दामा अदालतबाट २५ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको महागढीमाई नगरपालिका वडा नं.८ बस्ने अन्दाजी ४८ वर्षीय देवनन्द प्रसाद यादव भन्ने शिवनाथ प्रसाद यादव पनि पक्राउ परेका हुन् ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review