तामागढी बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा सम्पन्न

साझेदारी दैनिक
380 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी/ बाराको कोल्हवी नगरपालिका – १ मा रहेको तामागढी साकोसले आफ्नो १७ औं वार्षिक साधारणसभा आज शनिबार एक कार्यक्रमको बिच सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष एकराज आचार्यको सभापतित्वमा सो सभा भएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका ७ निवासी जेष्ठ नागरिक जनक चौधरी रहेका हुन्। चौधरीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन्।

साधारणसभामा चालक समितिको तर्फबाट अध्यक्ष एकराज आचार्यले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका संयोजक गोविन्द प्रसाद पौडेलले आर्थिक बर्ष २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सहकारीले २०८२ असारसम्म ६ हजार ८ सय ७ जना शेयर सदस्यहरु रहेको र आ.ब. २०८१/ ०८२ सम्म कुल सम्पती तथा दायित्व तर्फ रु ४६ करोड, २८ लाख ८९ हजार दुई सय ४२ रुपैया बरावरको कारोवार गरेको अध्यक्ष आचार्यले बताएका छन ।

साधारणसभामा स्वागत मन्तव्य सहकारीका उपध्यक्ष पृथ्वीराज शिवाकोटीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले गर्नुभएको एक सदस्यले जानकारी गराए । संस्थाले उत्कृष्ट ऋणी,बचतकर्ताहरुलाई समेत सो अवसरमा सम्मानित गरको मुख्य प्रबन्धक रिमालले बताए ।

संस्थाको आज शनिवार नै सम्पन्न बन्द सत्रले पद्मजंग प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ भने पृथ्वीराज शिवाकोटी संयोजक रहने गरी तीन सदस्यी लेखा सुपरिवेक्षण समिति चयन गरेको संस्थाका नवनिर्वाचित सचिव रामकाजी खड्काले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds