पोखरिया अस्पतालको स्तरोन्नति लगायत विभिन्न माग गर्दै लागातार छैठो दिन शुक्रबार पनि धर्ना जारी रहेको छ।
लगातार छैठो दिन अस्पताल परिसरमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले दुई घण्टा धर्ना दिएको हो।
पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्ने,नगरपालिकाको जगतपुर टोलमा रहेको बर्थिङ सेन्टरको भवन लगायतका अधुरो योजनाहरू पुरा गर्नुपर्ने माग सो दलको रहेको छ।
मालपोत,भूमिसुधार,नापी लगायतका कार्यालयहरू पोखरियामा स्थापना गर्नुपर्ने लगायतका माँग राख्दै धर्ना गत आईतबारदेखि शुरु भएको हो।
प्रदेश सरकारका मुख्यमन्त्री वा संघीय सरकारका मन्त्री नआए सम्म आफुहरुको धर्ना जारी रहने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले साझेदारी दैनिकलाई बताए।
अस्पताल भवन निर्माण,नगरपालिकाको जगतपुर टोलमा रहेको बर्थिङ सेन्टरको भवन लगायतका अधुरो योजनाहरू पुरा गर्नुपर्ने,मालपोत, भुमिसुधार,नापी लगायतका कार्यालयहरू पोखरियामा स्थापना गर्नुपर्ने लगायतका माँगहरु पार्टीले अगाडि सारेको छ।
धर्ना कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय सदस्य राजेशराय यादव तथा महिला नेतृ आशा चौहान लगायतको उपस्थिति रहेको थियो।
पोखरिया असपतालमा पर्साको ग्रामीण भेगका बिरामीहरु पुग्ने गरेका छन।

